☰ open Loading... 18 May 2024|  

सैनिक हत्या आरोपमा सहकर्मी सैनिक एसएमजी बन्दुकसहित समातिए
  | ८ श्रावण २०७८, शुक्रबार १९:०९

चितवन । चितवनमा भएको एक सैनिकको हत्यामा संलग्न रहेको अभियोगमा उनकै साथी पक्राउ परको छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले हत्या आरोपमा भरतपुर महानगरपालिका२० का गंगाधर ढकाललाई पक्राउ गरेको हो ।

 

बिहीबार भरतपुर १७ मा नेपाली सेनाका हवल्दार भरत गुरुङको शव भेटिएको थियो। फरेन्सिक जाँचमा उनको बायाँ कन्चटमा गोलि हानिएको देदिएको थियो।चितवनका एसपी ओम अधिकारीका अनुसार ढकालले जग्गा कारोबारमा आठ लाख रुपैयाँको लागि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।पक्राउ परेका ढकालका साथबाट प्रहरीले एसएमजी बन्दुक र ८ लाख रुपैयाँ पनि बरामद गरेको छ।