☰ open Loading... 4 May 2024|  

मलेसियामा एक नेपालीको उद्धार
  | ९ श्रावण २०७८, शनिबार ०५:१७

दिनेश खड्का खप्तडी,मलेसिया ।जनउद्धार केन्द्र मलेसियाले एक नेपालीको उद्धार गरेको छ । नवलपरासी जिल्लाको साविक हरपुर ५ का घर भई मलेसियामा कार्यरत ४० बर्षिय हरिश चन्द्र केवटको उद्धार गरिएको हो ।अवैधानिक अवस्थामा रहेका केवट मलेसियाको मलक्का राज्यमा काम गर्दै आएका थिए । काम गर्ने क्रममा उनलाई प्यारालाईसिसि रोगले पिडित वनाएको थियो।

अवैधानिक त्यसमाथि प्यारालाईसिसले च्यापैपछि उनि झनभन्दा झन थलिदै जान थालेका थिए ।यसैक्रममा नेपालमा रहेको परिवारहरु जनउद्धार केन्द्रको सम्पर्कमा आएर केवटको उद्धार गरिदिन अपिल गरेपछि जनउद्धारको सहयोगमा
उनीलाई आज हिमालयन एयरलाइन्स मार्फत नेपाल फर्किएको अध्यक्ष केशु थापाले बताए । यतिवेला मलेसियामा लकडाउन छ त्यो अवस्थामा पनि केन्द्रले निकै ठुलो गुन लगाएको कम्पनीमा कार्यरत नेपालीहरुले वताएका छन।

कम्पनीले उपचार गराउने वहानामा नेपालमा परिवार संग पैसा मगाएको थियो भने नेपाल पठाउन आनाकानी गरिरहेको थियो । यस्तो अवस्थामा हामिले निकै मेहनतका साथ केटवलाई आज नेपाल पठाउन सफल भएको अध्यक्ष थापाले जानकारी दिए ।जनउद्धार केन्द्रले स्थापनाकाल देखि नै बिरामी अवस्थाका ,अलपत्र परेका, अबैधानिक र जेल जीवन विताईरहेका धेरै नेपालीहरुलको उद्धार गर्दै आईरहेको छ।मलेसियामा आधिकारिक रूपमा दर्ता भएको संस्था हो।