नतिजा आफ्नो पोल्टामा पार्न अनेक जुक्ती अपनाउन सुरु गरेका नेताहरु टिम बदल्ने देखि लिएर सम्हाल्न ब्यस्त देखिन्छ्न। वडा हुँदै जिल्ला नेतृत्व कस्ले हात पार्ने भन्ने चर्चा सँगै नेताहरुको क्रियाशिलता समेत बढ्दै गएको छ। कांग्रेस बृतमा महाधिवेशनलाई पर्बको रुपमा हेरिन्छ।
वडा तहबाट छानिएका क्षेत्रीय प्रतिनिधि बाहेक पार्टीको विधानमा व्यवस्था भए बमोजिम जिल्ला सभापति गणेश चन्द, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार राजेन्द्र बहादुर शाह, प्रदेश तर्फका उम्मेदवारहरु डिल्लिराज रेग्मी र एकराज डाङी स्वतः क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था रहेको छ ।
जिल्लाका १० वटै पालिकाको नेतृत्व र २ जना जिल्ला सदस्यको छनौट गर्न भने प्रत्यक्ष क्रियाशील सदस्यको सहभागिता आवश्यकता पर्ने छ ।
वडाबाट क्षेत्रीय प्रतिनिधि चुनिएको व्यक्तिले पालिका, प्रदेश क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला समितिको निर्वाचनमा भाग लिन पाउनेछन। यसले गर्दा कांग्रेसमा क्षेत्रीय प्रतिनिधिको ठुलै महत्त्व मानिन्छ ।
जिल्ला सभापतिमा कसको चर्चा?
नेपाली कांग्रेस सल्यानको जिल्ला सभापतिमा आधा दर्जन नेताको नाम बढी चर्चा चलेको छ। धुर्बराज पुरी, महेश मल्ल, केशबहादुर बिष्ट, एकराज डाङी र मान बहादुर डाङीको नाम सभापतिमा चर्चा चलेको छ। यी सबै सभापति शेरबहादुर देउवा निकट हुन।
सन्तोष केसिको नाम सभापतिमा चलेतापनी अहिले सभापती लड्ने वा नलड्ने भन्नेमा उनले मुख खोलेका छैनन्। अहिले प्रतिक्रिया बुझ्ने काम भैरहेको उनी निकट श्रोतको भनाई छ। एकराज डाङी बाहेक अन्य ४ जनाले उम्मेदवार घोषणा समेत गरिसकेका छ्न। डाङीले पनि सभापतिको राम्रो तयारी गरेको देखिन्छ।
कस्ता छ्न सभापतिका आकाङ्क्षि हरु?
धुर्बराज पुरी
धुर्बराज पुरी नेपाली कांग्रेस सल्यानको प्रभाबशाली नेता हुन। लामो राजनिती बोकेका उनी जिल्लाको प्रमुख नेता मध्यका एक हुन। शेरबहादुर देउवा निकट मानिने उनी पार्टी बिभाजनबेला जिल्ला सभापती समेत बनेका हुन। पुरीले जिल्ला बिकास समिती सल्यानको सभापतीको भुमिकामा समेत काम गरि सकेका छ्न। २ पटक संविधानसभा सदस्यको टिकट पाएका पुरी २ पटकनै पराजित भएका हुन।
पुरिले हालै पत्रकार धनराज तुफानले लिएको अन्तरबार्तामा आफू दोश्रो पुस्ताको नेता भएको बताएका छन। ६० बर्ष उमेर समुहको सभापतिमा पालो नआएको उनको भनाई छ। युवा भनेको बिचार हो ताकत होईन उनले भने। पुरिलाई जिल्लामा नबस्ने नेताको आरोप लाग्दै आएको छ।
देउवा निकट नेता भएतापनी पुरिले गुट परिवर्तन गरेको भन्ने कांग्रेस बृतमा चर्चा चलेको छ। हालै काठमान्डौमा गएर पुरिले गुट परिबर्त गरि वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा गएको चर्चा भएतापनी आधिकारिक पुष्ठि भने भएको छैन। उनले आफ्नै पुरानो टिमलाई सम्हाल्न नसकेको कांग्रेस बृतमा चर्चा चलेको छ। जसरीपनि आफू सभापती हुने पुरिको दाउ देखिन्छ।
तीखो खबरले टेलिफोन सम्पर्क गर्दा पुरी सम्पर्कमा नआई मिटिङमा ब्यस्त रहेको म्यासेज गरेका थिए।
महेश मल्ल
निर्वाचन भन्दा सहमतिको माध्यमबाट टुङ्गाउन मल्लले आग्रह गरेका छ्न ।तीखो खबरका सम्पादक नवीन पौडेल सङ कुरा गर्दै मल्लले सहमतिय ढङले महाधिवेशन सम्पन्न गरियो भने आउदा निर्वाचनमा कांग्रेसलाई सहज हुने तर्क गरेका छ्न। धुर्ब पुरी र केशबहादुर बिष्ट बाहेक तेश्रो ब्यक्तिलाई सभापती बनाउन अन्तिम प्रयास गरिने उनको दाबी छ।
सभापती शेरबहादुर देउवा निकट मानिने ६३ बर्षिय मल्लले नेपाली कांग्रेस सल्यानको सहसचिव, सचिब र उपसभापतिको जिम्मेवारी पूरा गरिसकेका छ्न। २०४५ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वबियु सभापती भएका उनी २०५५ मा सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष समेत बने। २०५६ को संसद निर्वाचनमा उम्मेद्बार बनेका मल्ल पराजित भएका थिए। पार्टी भित्रैबाट अन्तरघात भएर मल्लले निर्वाचन हारेको चर्चा हुने गर्दछ।
केश बहादुर बिष्ट
५३ बर्षिय केशबहादुर बिष्ट २०४१ सालदेखी राजनितिमा सक्रीय छ्न। आफुलाई बलियो उम्मेद्बारीको रुपमा लिएका बिष्ट अध्ययनसिल र बौद्धिक नेता मानिन्छ्न। सरल स्वभाबका मानिने उनी कार्यकर्ता माझ भिजेका नेताका रुपमा परिचीत छ्न। नेता कार्यकर्ता सङ बिष्टको समधुर सम्बन्ध भएको देखिन्छ। उनी प्रखर बक्ताको रुपमा समेत चिनिन्छन।
२०४१ सालमा नेपाल बिद्यार्थी संघ “ल ” क्याम्पको एकाई सदस्य भएका बिष्ट २०४७ मा नेपाल शिक्षक संघ सल्यानको संस्थापक सदस्य बने। २०४८ मा शिक्षक संघको केन्द्रीय प्रतिनिधि बनेका बिष्ट २०५०-०५७ सम्म शिक्षक संघ सल्यानको सचिब बने र २०५७ देखि ०६१ सम्म जिल्ला अध्यक्ष बन्न सफल भए।बिष्ट २०६२ सालमा पार्टीको क्षेत्रीय सभापनी हुँदै ०६७ मा जिल्ला कार्यसमितिको उपसभापति भए।
पार्टिको १३ औं महाधिवेशनमा महासमिति पदमा निर्वाचित उनी पार्टी सभापतिमा भने पराजित भएका हुन। हालका सभापती गणेश चन्द सङ झिनो मतले पराजित भएपछि बिष्ट २०७४ सालमा जिल्ला समन्वय समिती सल्यानको प्रमुखमा निर्वाचित भए। आफुलाई सबै बर्गका साथिहरुको साथ सहयोग रहेकाले पार्टी सभापतिमा उम्मेद्वारि दिने उनले बताए। शेरबहादुर देउवा खेमामा रहेका बिष्टले उक्त खेमाको आफु आधिकारिक उम्मेद्वार रहेको बताए।
एकराज डाङी एकराज डाङी महासमिती सदस्य हुन। १३ औं महाधिवेशनमा उनले जिल्ला सभापतिमा उम्मेद्बारी दिएका थिए र पहिलो चरणबाटै आउट भए। गत प्रदेशसभा निर्वाचनमा उनी प्रदेशसभा सदस्यमा पराजित भएका थिए। उनले जिल्ला कार्यसमिति सचिबको कार्य सम्हाली सकेका छ्न। धुर्बराज पुरी सभापतीको उम्मेद्बार नभए आफू सभापतीमा उठ्ने उनको दाउ छ। डाङी सङ सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
मान बहादुर डाङी नेपाली कांग्रेस सल्यानको दोश्रो पुस्तामा पर्ने नेता हुन मान बहादुर डाङी।२०३६ सालमा नेपाल विद्यार्थी संघ बाट राजनीति सुरु गरेको बताउदै डाङिले आफू परिवर्तनको पक्षमा रहेको बताएका छ्न। आफू सङ भिजन भएको बताउदै डाङिले सभापतिको अबसर पाए सल्यान कांग्रेस उत्कृष्ट कांग्रेस बनाउने बताउछ्न।
२०४६ सालदेखि पार्टीको जिल्ला सदस्य हुँदै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापती भइसकेका डाँगीले पार्टीको ९ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि, महासमितिको जिम्मेवारीमा रहँदै आएका छ्न। २०४९ सालमा तत्कालीन फलाबाङ गाविसको अध्यक्षमा निर्वाचित भएर काम गरेका डाँगी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर त्रिवेणी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन। गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखी सल्यान बसाइ नियमित सुरु गरेका डाङी त्यस अगाडि दाङमा विभिन्न सामाजिक संघसंस्थामा आबद्द भएका थिए। उनी समयको पर्खाइमा छ्न। डिल्लीराज रेग्मिले आफुलाई सभापतिमा समर्थन गरोस भन्ने डाङिले आश गरेको चर्चा छ।
तेश्रो शक्ति सन्तोष केसि
नेपाली कांग्रेस क्षेत्र नम्बर- २ का सभापती सन्तोष केसि सल्यान कांग्रेसको तेश्रो शक्तिको रुपमा चिनिन्छ। जुन ब्यक्ती र टिमलाई केसिले सहयोग गर्छ्न त्यसैले निर्वाचन जित्ने कांग्रेस बृतमा चर्चा चलेको छ। युवा भएतापनी केसि इमान्दारितामा परिपक्व देखिन्छ्न। छुटै पहिचान बनाएका केसि गत स्थानिय तह निर्वाचनमा छत्रेश्वरि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन। गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि केसि झनै शक्तिशाली बनेका हुन।
हक्की र सहयोगी स्वभाबका केसि सम्पुर्ण उमेर समुहका लागि लोकप्रिय नेता हुन। कम उमेरमै पार्टिको महत्वपूर्ण जिम्मेवारी सम्हालेका उनलाई डाइनामिक लिडरको रुपमा लिने गरिन्छ। पार्टिको क्षेत्रीय सदस्य बनेका उनि २०६७ सालमा तरुण दलको जिल्ला अध्यक्ष बने र हालसम्म तरुणदलको अध्यक्षकै भुमिकामा छ्न।
सबैलाई समेट्दै राजनिती थालेका केसिले टिममगत राजनिती भन्दा समान राजनिती गर्ने युवानेताको छवि बनाएका छ्न। पार्टीको नेतृत्वमा युवाहरु आउनुपर्छ भन्ने उनको तर्क छ। आफू सभापती बन्ने वा अन्यलाई समर्थन गर्ने भन्नेमा चाडै ठोस निर्णय लिने उनको तयारी छ। यद्यपि सम्पुर्ण पदहरुमा निर्वाचन भन्दा सहमतिमै गएर मिलाउनु ठिक रहेको उनको प्रतिक्रिया रहेको छ। केसि शेरबहादुर देउवा खेमाका हुन।
डिल्लीराज रेग्मी, राजेन्द्र बहादुर शाह र गणेश चन्दको समर्थन कता?
डिल्लिराज रेग्मी सल्यान कांग्रेसको १९ बर्षसम्म पार्टी सभापती चलाइसकेका ब्यक्ती हुन र एक कार्यकाल केन्द्रीय सदस्य समेत भैसकेका नेता हुन। विद्वान नेताको रुपमा चिनिने रेग्मी निष्ठाको राजनिती गर्न रुचाउने नेता हुन। राम्रो नेताको रुपमा छबि बनाएका रेग्मिलाई जनताले रुचाएनन” र ३ पटक संसदको टिकट पाउँदा समेत पराजित भए। उनी सबैभन्दा भाग्यमानी नेता हुन, जसलाई पार्टिले १९ बर्ष जिल्ला सभापती, एक कार्यकाल केन्द्रीय सदस्य र ३ पटक प्रत्येक्ष निर्वाचनको टिकट दियो।
रेग्मीले आधिकारिक रुपमा बाहिर केही नबोलेपनी उनको समर्थन धुर्बराज पुरिलाई भएको देखिन्छ। किनकी उनी निकट दोश्रो दर्जाका नेताहरु सभापतिको डौडमा देखिन्नन। रेग्मिका बिस्वाशिला पात्र हुन चक्र देबकोटा। रेग्मिले देबकोटालाई उपसभापती बनाउने आश्वासन दिएको चर्चा छ। अहिले पुरिलाई सहयोग गरेर १५ औं महाधिवेशनमा आफ्नो टिमलाई सहयोग गर्नुपर्छ भन्दै रेग्मिले पुरी सङ सम्झौता गरेको कांग्रेस बृतमा चर्चा छ।
पछिल्नो चरणमा शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी रेग्मिका बिस्वासिला पात्र मध्यका एक हुन। १५ महाधिवेशनमा रेग्मिले देबकोटा वा अधिकारिलाई सभापती बनाउन लाग्नेकुरा प्रष्ट देखिन्छ। आफ्नो पक्षका नेतालाई सहयोग गर्न नखोजेर फरक धारका नेतालाई सभापती बनाउन खोजिएको भन्दै रेग्मिको आलोचना हुने गरेको छ। तर रेग्मिले हालै एक अन्तरबार्तामा आफूले सहमतिको महाधिवेशन खोजेको बताएका छ्न। रामचन्द्र पौडेल निकट रेग्मी कोइराला परिवार सङ नजिक छ्न। उनी सुशील कोइरालाकाको किचेन क्याबिनेटको सदस्यका रुपमा चिनिन्थे।
राजेन्द बहादुर शाह
राजेन्द्र बहादुर शाह पुर्ब शिक्षाराज्य मन्त्री हुन। गत प्रतिनिधीसभा निर्वाचनमा उनी टेकबहादुर बस्नेत सङ पराजित भएका थिए। सल्यानमा लोकप्रिय नेताको रुपमा उनी चिनिन्छन। शाह कम बोल्ने र रणनीतिमा माहिर नेताका रुपमा चिनिन्छ्न। उनी खुम बहादुर खड्काका बिस्वासिला पात्र थिए। खड्काका हरेक गतिबिधिमा उनी निर्नायक भुमिकाको रुपमा देखिन्थे।
सल्यान कांग्रेसमा शेरबहादुर देउवाको नेतृत्व शाहले सम्हालेका छ्न। शाहले सहमतिको प्रयास गरेको भएतापनी त्यो सफल भने हुन सकेन। उनले केशबहादुर बिष्टलाई सभापतिको रुपमा अघि सारेका छ्न। यद्यपि उनको समर्थन बिष्टलाई भएको बिष्ट निकट नेता हरुको भनाई छ। शाहसङ सबैलाई आकर्षण बनाउन र मित्रता कायम गर्नसक्ने खुबी देखिन्छ।
१३ औं महाधिवेशनमा शाहले बिष्ट र ऋषिकेश जंग शाहलाई सहयोग गरेका थिए। शाह पहिलो चरणबाटै आउट भए भने बिष्ट दोश्रो चरणमा गणेश चन्द सङ चुनाव लडे। शाहले त्यतिबेला धेरै मेहनत गरेका थिए। सम्पुर्ण नेताहरु एकै ठाउँमा हुदा बिष्ट १८ मतले निर्वाचन हारे।
शाहलाई अर्को चुनौती थपिएको छ” सन्तोष केसि। शाह र केसि देउवा निकट भएकाले मिलाउन समस्या परेको देखिन्छ। केसिले सभापतिका लागि कार्यकर्ता सङ प्रतिक्रिया लिन खोजेपछी शाहलाई केही चुनौती देखिएको हो। केसिलाई मिलाउन नसक्नेहो भने बिष्टलाई जित्नमा असहज हुने देखिन्छ। शाहले केसिलाई १५ औं महाधिवेशनमा सभापतिमा सघाउने बताएको उच्च श्रोतले बताएको छ। आगामी प्रदेशसभा सदस्यमा केसिले अहिलेदेखि चाहना राखेको र तयारी सुरुवात गरेकाले शाहले केसिलाई त्यसमापनी सघाउने बुझिएको छ। शाहले पौडेल टिम छाडेर देउवा टिममा आएका हालका उपसभापति निम बहादुर वलिलाई मिलाउन पनि निकै कसरत गर्नु पर्ने देखिन्छ।
गणेश चन्द
गणेश चन्द बहालवाला जिल्ला सभापती हुन। २ कार्यकाल सभापती बनेका चन्द चाहेर पनि अब सभापती बन्न पाउदैनन्। बिधानमा २ कार्यकाल भन्दाबढी एउटै ब्यक्ती सभापती बन्न नपाउने ब्यबस्था छ। उनी रामचन्द्र पौडेल खेमामा छ्न। तर १३ औं महाधिवेशनमा चन्दलाई सभापती बन्न देउवा टिमले पनि सहयोग गरेको थियो। त्यतिबेला बेउवा टिम बिभाजनमा थियो। चन्दको सहयोग पुरिलाई हुने पौडेल पक्ष नेताहरुको भनाई छ।
सभापती गणेश चन्द अहिले बिबादित बनेका छ्न। उनले क्रीयाशिल सदस्यता बितरणमा हस्तक्षेप गरेको आरोप लागेको छ। बनगाड कुपिन्डे र शारदा नगरपालिकाको केही वडाहरुको क्रीयाशिल सदस्यता फाराममा क्षेत्रीय सभापतिलाई हस्तान्तरण गर्न नदिएर पठाएको आरोप चन्द माथि छ। क्षेत्रीय समितिमा दिनुपर्ने सत प्रतिशत फारामहरु पुर्ण रुपमा नदिएर आफै बाडेको अर्को आरोप छ। बिजय कुमार गच्छदार र सुनिल थापा कांग्रेसमा प्रवेश गरेपछी समायोजन भन्दै पठाइएका सदस्यता फाराम हरुपनी चन्दले लुकाएर आफुखुशी बाडेको आरोप छ। उनले आफ्ना छोरा सुरेश चन्दलाई नेता बनाउन खोजेको बुझिन्छ।
सहमती होला त? जिल्लाका सबै नेता कार्यकर्ता हरुको एउटै माग थियो सहमती। दोश्रो तहका नेताहरु सहमती बनाउन लागेको सुनिन्थो। तर दोश्रो तहका नेताहरुमा पनि ब्यक्तिगत स्वार्थ देखियो। सहमतिका नाममा आफुलाई स्थापित गर्न खोजेपछी सहमतिको सम्भावना टरेको हो। आफै सहमती गरौ भन्दै हिड्ने नेताहरु आफ्नै प्रचारमा ब्यस्त देखिए। त्यसले गर्दा कार्यकर्ता बिच निरास छायो। सभापतिको उम्मेद्बार बन्न खोजेका सम्पुर्ण देउवा खेमाका नेताहरु हुन। यसरी हेर्दा सभापतिमा मुख्य प्रतिस्पर्धा पुरी र बिष्ट बिच हुने देखिएतापनी दुबैजना देउवा निकट भएकाले देउवाले नया तेश्रो ब्यक्तिलाई समर्थन गर्नसक्ने पनि चर्चा चलेको छ। • लेखक नवीन पौडेल तिखो खबरका सम्पादक हुन।