☰ open Loading... 2 May 2024|  

कांग्रेस पदाधिकारी बैठक आज बस्दै
  | १२ श्रावण २०७८, मंगलवार १०:४५

congress meeting in balauwatar

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ९ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवासमा बैठक राखिएको नेपाली कांग्रेसले जनाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेशन तयारीबारे छलफल हुनेछ । कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन ।

यही कारण आजबाट हुने भनिएको वडा अधिवेशन स्थगित गरिएको छ । रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

उक्त समितिमा पाँच हजार उजुरी परेका थिए । बारा र सप्तरी जिल्लाको क्रियाशील फाइल नै उक्त समितिले हेरेको छैन। यस्तै देशभरका करिब १२५ वडाभित्र अझै क्रियाशील विवाद कायम छ ।