☰ open Loading... 18 November 2024|  

सडक दुर्घटनामा ७७ जनाको मृत्यु
  | १४ श्रावण २०७८, बिहीबार ०५:२५

नेपालगञ्ज । बाँकेमा तीन वर्षमा सडक दुर्घटनामा परेर २ सय १० जनाले ज्यान गुमाएका छन् ।आर्थिक वर्ष २०७७र०७८ मा सवारी दुर्घटनामा परेर ७७ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक राजु भण्डारीका अनुसार बाँकेमा आर्थिक वर्ष २०७७र०७८ मा १ सय ५० वटा सवारी साधन दुर्घटना हुँदा ७७ जनाले ज्यान गुमाएको जानकारी दिए ।

सडक दुर्घटनामा परेर मृत्यु हुनेमा ५६ जना पुरुष, १७ जना महिला र चार जना बालक रहेका छन् । विभिन्न समयमा भएका यी दुर्घटनामा परेर १० चौपायले समेत ज्यान गुमाएको तथ्याङ्क पनि जिल्ला ट्राफिक कार्यालय बाँकेसंग छ ।
जिल्ला ट्राफिक कार्यालय प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक भण्डारीले दिएको जानकारी अनुसार ७१ जना गम्भीर र १ सय ३६ सामान्य गरी २ सय ७ जना घाइते भए भने ८ वटा चौपाय पनि घाइते भएका छन् ।

जिल्लामा सबैभन्दा धेरै दुर्घटना भदौ महिना २० वटा सवारी साधान दुर्घटनामा परेका छन् भने सबै भन्दा कम साउन महिनामा ६ वटा सवारी सधान दुर्घटनामा परेको ट्राफिक प्रमुख भण्डारीले बताउछन् ।
आर्थिक वर्ष २०७६र०७७ मा १९१ वटा सवारी दुर्घटनाका घटना हुँदा ७३ जनाले ज्यान गुमाएका छन् भने २०१ पुरुष, ५२ महिला, १९ बालक र ८ बालिका गरी २ सय ८० जना घाइते भएका छन् । यसै आर्थिक वर्षमा सवारी दुर्घटना मै परे ४० चौपायले ज्यान गुमाए भने ३ चौपाय घाइते भएको पाईन्छ ।आर्थिक वर्ष २०७५र०७६ मा ९९ वटा सवारी दुर्घटनामा हुँदा ६० जनाले ज्यान गुमाए भने १६१ घाइते भएका छन भने २ चौपायले ज्यान गुमाउनुको साथै १ चौपाय घाइते भएको छन् ।