☰ open Loading... 18 May 2024|  

कुटपिट गरेर एक युवाको हत्या
  | १७ श्रावण २०७८, आईतवार ०५:१९

जाजरकोट- कुटपिट गरेर एक जनाको हत्या भएको छ । जाजरकोटको कुँशे गाउँपालिका ८ जिन्तलामा स्थानीय युवाको कुटपिटबाट ३५ वर्षीय इन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

आपसी लेनदेनका विषयमा स्थानीय विमलप्रकाश सिंहले इन्द्रमाथि ज्यान लिने उद्धेश्यले कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका उनको घरमै मृत्यु भएको हो ।

कुटपिट गरेर इन्द्रको हत्या गरेपछि स्थानीय आक्रोशित भएका छन् । प्रहरीले घटनास्थलबाटै कुटपिट गर्ने विमल सिंहलाई पक्राउ गरेर हिराशतमा राखेको छ। स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।