| १९ श्रावण २०७८, मंगलवार ०५:४१
गुलरिया । बर्दिया जिल्लाको मधुवन नगरपालिकामा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न नगरपालिकाले अनुरोध गरेको छ । सोमबार परीक्षणका क्रममा कोरोना संक्रमणको दर बढेपछि स्वास्थ्य मापदण्ड पालना गर्न नगरपालिकाले अनुरोध गरेको हो ।
पछिल्लो समय मधुवन नगरपालिकालगायत देशभर कोरोना संक्रमण बढेको तथ्यांकले देखायको छ । कोरोना संक्रमितको बढ्दै गएपछि मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्रीले नगरमा संक्रमितको संख्या बढेका कारण स्वास्थ्य मापदण्ड पालना गर्न नागररिकहरूलाई अनुरोध गरिएको बताए।
मंगलबार २० जनाको कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको बताए। यसैबीच नगरप्रमुखले कोरोना अस्पताल पुगेर मंगलबार संक्रमितहरूको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।