☰ open Loading... 5 February 2025|  

कर्णाली प्रदेशमा खोप भण्डारण स्थलकै अभाव
  | २९ श्रावण २०७८, शुक्रबार ०६:१२

सुर्खेत,। कर्णाली प्रदेशमा खोप भण्डारण केन्द्र नहुँदा समस्या हुने गरेको छ । हाल बाँकेको नेपालगञ्जमा रहेको आपूर्ति शाखा अन्तर्गत ३ हजार लिटर क्षमताको खोप भण्डारण केन्द्रछ । त्यहीबाट कर्णालीका जिल्लाहरुमा खोप पठाउने गरिएको छ । हुम्ला, मुग र डोल्पामा हवाइ र बाँकी जिल्लामा सडक यातायात मार्फत खोप पठाउने गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निमित्त निर्देशक डा। रविन खड्काले जानकारी दिए । अहिले कोरोनाको खोप भण्डारणका लागि छुट्टै ठाउँ नभएपछि जिल्लाहरुमा नियमित खोप भण्डारण गर्ने केन्द्रमा नै भण्डारण गर्ने गरिएको निर्देशक खड्काले बताए । प्रदेश बाहिर खोप भण्डारण गर्दा विभिन्न समस्या आउने भएपछि अब भने स्वास्थ्य सेवा निर्देशनालयकै परिसरमा भण्डारण केन्द्र निर्माण गर्न थालिएको छ । ६ हजार लिटर क्षमताको खोप भण्डारण केन्द्रको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उक्त केन्द्र एक डेड महिनामै सञ्चालन हुने निर्देशक खड्काले बताए । कर्णालीमा हालसम्म लक्षित जनसंख्याको २४ प्रतिशत जनसंख्याले मात्र कोरोना बिरुद्धको खोप लगाएको निर्देशनालयले जनाएको छ । त्यस मध्य पनि दुबै डोज पाउनेको संख्या न्यून रहेको छ ।