दैलेख- नेपाली काग्रेसको वडा अधिबेशनका लागि दैलेख जिल्लामा रहेका ११ स्थानीय तहका ९० वडा र ११ पालिकामा निर्वाचन अधिकृत खटाइएको छ । केन्द्रिय निर्वाचन समितिले जिल्लामा खटाईएका निर्वाचन अधिकृत बिबस बस्नेतको रोहवरमा ११ स्थानीय तहका ९० वडा र ११ पालिकामा निर्वाचन अधिकृत खटाइएको नेपाली काँग्रेस दैलेखले जानकारी दिएको छ । नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्ण कुमार बिसीले बुधवार बसेको जिल्ला समितिको बैठक बाट केन्द्रिय निर्वाचन समितिले जिल्लामा खटाईएका निर्वाचन अधिकृत बिबस बस्नेतको रोहवरमा निर्वाचन अधिकृत नियुक्त गरेर पठाइएको बताउनुभयो । उहाँले ११ पालिका र ९० वडामा गरी १०१ जना निर्वाचन अधिकृत खटिएको बताउनुभयो । उहाँले निर्वाचन अधिकृतहरुलाई नियुक्ति पत्रका साथै निर्वाचन निर्देशिका, क्रियाशिल सदस्यको सुची लगाएत आवश्यक निर्वाचन सामाग्री सहित पठाईएको बताए।
नेपाली काँग्रेसका निर्वाचन क्षेत्रन ः १ का सभापपति गणेश उपाध्यायले निर्वाचन अधिकृतहरु पठाए गाउँमा निर्वाचनको महोल बनेको जानकारी दिए । उनलेभने महाधिबेशन हुन्नकी भन्ने दुविधामा रहेको नेपाली काँग्रेका नेता कार्यकर्ताहरुलाई निर्वाचन अधिकृत तोकिए संगै उत्साह थपिएको बताए ।
| १८ भाद्र २०७८, शुक्रबार ०५:१७