☰ open Loading... 5 February 2025|  

अध्यक्ष ओलीको रिटमाथि भएन सुनुवाइ
  | १९ भाद्र २०७८, शनिबार ०५:२४

अध्यक्ष ओलीको रिटमाथि भएन सुनुवाइ

काठमाडौं, भदौ १८ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गरेका रिटमाथि शुक्रबार पेशी तोकिए पनि सुनुवाइ भएन ।ओलीका तीन वटै रिट न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेशी तोकिएको भएपनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जनाएको छ ।

ओलीले वारेसमार्फत बुधबार माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न, माधव नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) पार्टी खारेज गर्न र लुम्बिनी प्रदेशका एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै छुट्टा छुट्टै रिट दायर गर्नुभएको थियो ।

रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद् सचिवालय, सभामुख अग्नि सापकोटा र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लाई विपक्षी बनाइएको छ ।ओलीको रिटमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल कायम रहेमा एमालेलाई अपूरणीय क्षति हुने दाबी गरिएको छ ।रिट निवेदनको अन्तिम किनारा नलागेसम्म एकीकृत समाजवादी पार्टीको क्रियाकलापमाथि रोक लगाउनसमेत माग गरिएको छ ।