☰ open Loading... 3 May 2024|  

चार किलो सुनसहित दुई व्यवसायी प्रहरी नियन्त्रणमा
  | १९ भाद्र २०७८, शनिबार ०५:३१

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट आएका दुई जनाको साथबाट सुनजस्तो देखिने चार किलो धातु बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

‘चारकिलो सुन जस्तो पहेलो वस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरु श्री एयरलायन्सबाट काठमाण्डौबाट आएका हुन् । हामीले बरामद गरेको बस्तु सुन भए नभएको र उनीहरुले खरिद गरेको बिल बिजकको जाँच गर्दै छौ’– उनले भने ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस  बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालगञ्ज विमानस्थलमा सुनचाँदी व्यवसायी संघका अध्यक्ष सहित पुगेर घटनाको अनुसंन्धान सुरु गरेको प्रहरी जनाएको छ । प्रहरीले सुनसहित प्रहरी नियन्त्रणमा परेका व्यावसायीको परिचय खुलाएको छैन ।