दैलेख । दैलेखमा विद्यालयहरु खुला हुने भएका छन् ।कोरोना जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका हुन् । नारायण नगरपालिका दैलेखले आउँदो आइतबार देखि नगर भित्रका सामुदायिक तथा नीजि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना संक्रमणको दर कम हुँदै गएपछि विभिन्न स्थानमा विद्यालयहरु खुला हुने भएका छन् ।
नारायण नगरपालिकाले साउन २२ गते देखि विद्यालय संचालन गरेको थियो तर जिल्लामा कोरोनाको संक्रमितको संख्या बढेको भन्दै जिल्ला प्रशासनले परिपत्र गरेपछी एक हप्तामै विद्यालय बन्द गर्नु गरेको र अहिले विद्यालयमा स्वास्थ मापदण्ड पुरा गरी विद्यालय संचालन गर्ने लागिएको नारायण नगरपालिका शिक्षा विज्ञान तथा प्रविधि शाखा संयोजक हिमालयजंग शाले जानकारी दिए । लामो समयदेखि बन्द रहेका नगरपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु हुने शाहको भनाई छ ।
उनले भने सोमबार बसेको विद्यालयका प्रधानाध्याक सहितको बैठकले ‘पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर आइतबार देखि विद्यालय खोल्ने निर्णय गरेका छौँ । ‘विद्यार्थीहरुलाई स्वास्थ्य सामग्रीहरु मास्क सेनीटाइजर व्यवस्थापन गर्नका लागि हरेक विद्यार्थीलाई २ सय रुपैयाँका दरले विद्यालयलाई रकम यस अघिनै उपलब्ध गराएको शाहले बताए ।
यस्तै भगवतीमाई गाउँपालिकाले भदौ १ गते देखि सामुदायिक तथा निजि विद्यालयहरु संचालन गरिसकेको छ । गाउँपालिका भित्रका ३२ सामुदायिक विद्यालय १ संस्थागत विद्यालय गरी जम्मा ३३ विद्यालय भदौ १ गते देखि सञ्चालन भैरहेका छन् ।