☰ open Loading... 7 November 2025|  

थपिए ११ सय ४६ संक्रमित
  | २६ भाद्र २०७८, शनिबार ०५:२१

 

काठमाडौं। नेपालमा थप ११ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार १० हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा ११ सय ४६ जना संक्रमित थपिएका हुन् ।गत २४ घण्टामा १६ सय ६० जना संक्रमित संक्रमणमुक्त भएका छन् ।त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९२४ जनाको मृत्यु भएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका २५७, ललितपुरका ५६ र भक्तपुरका ४१ जना कोरोना संक्रमित थपिएका छन् ।हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ रहेको छ ।