☰ open Loading... 30 April 2024|  

गृहको कासमुमा :- १४ सिडिओ उत्कृष्ट,२१ कमजोर
  | २८ भाद्र २०७८, सोमबार ०५:२०

 !

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको कार्यसम्पादन मुल्यांकन (कासमु)को रिर्पोट कार्ड सार्वजनिक गरेको छ । मन्त्रालयको नीति,योजना तथा मुल्यांकन महाशाखाले सार्वजनिक गरेको रिर्पोट कार्ड अनुसार ३ जिल्लाका प्रजिअको कार्यसम्पादन मुल्यांकन अति उत्कृष्ट अर्थात ए प्लस,१४ जिल्लाका सिडिओहरुको कासमु उत्कृष्ट अर्थात ए ग्रेड,१८ जिल्लाका प्रजिअको कासमु उत्तम अर्थात ए माइनस ,२१ जिल्ला मध्यम अर्थात बी प्लस र बाँकी २१ जिल्लाका कमाण्डरहरुको कासमु न्यून अर्थात बी माइनस देखिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद जोखिम न्युनीकरण तथा जोखिम व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय र सदाचार र आर्थिक अनुशासन लगायतका मापदण्डका जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको मुल्यांकन गरेको गृहले जनाएको छ । गृह मन्त्रालयले जनआस्थालाई उपलव्ध गराएको कासमु रिर्पोट कार्ड अनुसार, झापा,रुकुम पूर्व र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीको कासमु अब्बल पाइएको छ ।

उनीहरुलाई ए प्लस ग्रेड दिइएको छ ।  यस्तै ए ग्रेड अंकभार पाउने सिडिओहरुमा ललितपुर,रुकुम  (पश्चिम),गुल्मी,स्याङ्जा,सोलुखुम्बु,लमजुङ,बाग्लुङ,गोरखा,जाजरकोट,हुम्ला,कालिकोट,चितवन,पर्वत र संखुवासभासहितका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कासमुको आधारमा ए ग्रेड पाएका छन् ।

यस्तै सुर्खेत,रौतहट,धनकुटा,रसुवा,नुवाकोट,रामेछाप,तनहु,भोजपुरसहितका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादनलाई गृहले उत्तम ठहराएको छ । ती जिल्लाका प्रजिअलाई ए ग्रेड दिएको छ ।

कासमु कमजोर दह्रिएका जिल्लाहरुमा काठमाडौं,पर्सा,दोलखा,पाल्पा,कञ्चनपुर,बर्दिया,कैलाली,डोटी,सप्तरी बाँके,मोरङ,बाजुरा,दैलेखसहितका २१ जिल्ला रहेको गृह मन्त्रालयले जनाएको छ ।