काठमाडौं, । गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सञ्चारकर्मीमार्फत आग्रह गर्नु भएको छ ।
सभामुख अग्नीप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक आइतबार तेस्रो दिन पनि अवरुद्ध पारेको छ ।
कांग्रेस नेता समेत रहनु भएका गृहमन्त्री खाँणले संवादको माध्यमबाट ती समस्या समाधान गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले संसदमा देखिएका समस्या समाधानका लागि सभामुख अग्नीप्रसाद सापकोटाले सोमबार दिउँसो प्रमुख दलका शिर्ष नेताहरुसहितको सर्वदलीय बैठक बोलाउनु भएको जानकारी दिनुभयो ।
सभामुख अग्नी सापकोटाले आइतबार पनि प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुसँग अवरुद्ध संसद सुचालु गराउन आग्रह गर्नु भएको थियो ।