☰ open Loading... 30 April 2024|  

भालुको आक्रमणबाट एक महिला घाइते
  | २८ भाद्र २०७८, सोमबार ०५:३६

सिमकोट : हुम्लामा बाली लगाएको जग्गामा काम गरिरहेकी महिलालाई भालुले आक्रमण गरेको छ ।  खार्पुनाथ गाउँपालिका–४ छिप्रा गाउँकी महिलालाई कोदो लगाएको खेतमा भालुले आक्रमण गर्दा घाइते भएकी हुन्  ।

छिप्रा गाउँकी ३६ वर्षकी असली उपाध्यायलाई जग्गामा एकलै काम  गरिरहेको बेला  भालुले आक्रमण गरेर घाइते बनाएको हो ।  गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले आइतबार दिउँसो गाउँकै सीता मावि नजिकको कोदो लगाएको जग्गामा काम गरिरहेको बेला एक्कासी भालुले आक्रमण गरेर घाइते बनाएको बताए ।

भालुको आक्रमणबाट घाइते भएकी उपाध्यायको गाउँलेले थाहा पाएपछि उद्धार गरेर स्वास्थ्य चौकीमा ल्याएर प्राथमिक उपचार गरिएको थियो । त्यसपछि स्वास्थ्य चौकीबाट उनलाई गाडीमा जिल्ला अस्पताल ल्याएर उपचार कार्य भइरहेको अस्पतालकी अनमी सरिता बोहराले बताइन्  ।

घाइते महिलाको टाउको , स्तन र हातको पाखुरामा रक्ताम्मे हुने गरि भालुले आक्रमण गरेको छ । टाउकोबाट रगत निक्कै बगेको छ ।  उनले अहिले अस्पतालमा उपचार कार्य भइरहेको छ । उनको अवस्थाका बारे अहिले नै भन्न नसकिने बोहराले बताइन्  ।