☰ open Loading... 26 November 2024|  

बेस्तडा कोरोना अस्पतालाइ ४ लाखको स्वास्थ्य सामाग्री सहयोग
  | २८ भाद्र २०७८, सोमबार १६:४५

दैलेख -कोरोना भाइरसको तेस्रोलहर शुरु भइरहेको बेला बेस्तडा कोरोना अस्पताललाई  ४लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कारितास नेपाल , नेपाल कोभिड आपतकालिन परियोजनाको आर्थिक सहयोग र एकता फाउण्डेशन नेपालको सहजिकरणमा दैलेखको भगवतिमाई गाँउपालिकामा रहेको बेस्तडा कोरोना अस्पताल लाई रु ४, १०,८८५ चारलाख दस हजार आठ सय पचाअसी बराबरको सामग्रि हस्तान्तरण गरीएको हो।
होम आईसुलेसन किड , ७५थान ,सुचर सेट ५थान ह्यिल चियर २ थान ,स्टेचर २ थान ,थर्मागन २ थान ,पिपिसेट १५० थान ,बच्चा तौलको लागी डिजिटल मेसिन १ थान ,ड्रेसिङ्ग सेट ५थान, डेलिभरी सेट ४ थान स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।कार्यक्रममा भगवतीमाइ गाँउपालिका वडा न६ का वडाअध्यक्ष वीर सँकर रोकाय स्वास्थ्य सामाग्रीको सही सदुपयोग गरि कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्नु पर्नेमा जोड दिए । उनले भने,‘संकटका बेला गरिएको यो सहयोग निकै प्रसंसनीय छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएकोछ ।

यस्तै भगवतीमाइ गाँउपालिका स्वास्थ्य शाखा प्रमुख टिकाराम बिष्टले हामिलाई यति धेरै सामाग्रीहरु हस्तानतरण गरेकोमा कारितास नेपाललाई धन्यवाद दिए।कार्याक्रममा डा. प्रभाकर यादव , एकता फउण्डेशन नेपालको कार्यक्रम अधिकृत जनक अधिकारी , स्टाफनर्श आसिका ढकाल ,पबित्रा कु रातत सन्तोष कुमार थापा लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।