| २९ भाद्र २०७८, मंगलवार १७:३६
दैलेख – दैलेखको मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने एक शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ । गुराँस गाउँपालिका–८ घर भएका करिब ४१ वर्षीय शिक्षक नगेन्द्र विसीको गएराती घाँटी रेटेर हत्या गरिएको हो ।विसीलाई लखेटेर स्कुलमा पुगेपछि घाँटी रेटेर हत्या गरेको देखिएको स्थानीय भुपेन्द्र ओलीले जानकारी दिनुभयो । विसी गएराति ११ बजेसम्म छोटेपोखराको एक किराना पसलमा बसेको र त्यसपछि घटना भएको हुनसक्ने ओलीको अनुमान छ ।
आज विहान दुध पु¥याउन आएका स्थानीयहरुले स्कुलको बराण्डामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको र केही शंकास्पद २जनालाई नियन्त्रणमा लिएको दैलेख प्रहरी प्रमुख अनुप श्रेष्ठले बताउनुभयो । प्रहरीले मृतकको शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल दैलेखमा ल्याइएको गरेको जनाएको छ