| ३० भाद्र २०७८, बुधबार ०५:१६
कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार मंगलवार एक सय ७२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् । सुर्खेतका १७, कालीकोटका ६, सल्यानका दुई, जाजरकोट र डोल्पाका एक÷एक जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या चार सय १६ पुगेको छ । हालसम्म कर्णालीमा ३३ हजार ८१ जना संक्रमित भएका छन् । त्यसमध्ये ३१ हजार ७५ जना संक्रमणमुक्त भइसकेका छन् । संक्रमितमध्ये तीन सय ७४ जनाको मृत्यु भएको छ।