| ५ आश्विन २०७८, मंगलवार ०५:०६

चुरेको पहिरोले ज्योतीनगर क्षेत्रमा आज फेरी ९ वटा घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। करिब एक दर्जन घरहरु जोखीममा छन्। ९ वटा घरमा पहिरो पसेर क्षति पुर्याएपछि स्थानीयलाइ सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ।
यसअघि ज्योतीनगरमा गत भदौ १३ र १४ गते पनि ठुलो पहिरो गएको थियो। शिरमा रहेको चुरेबाट झरेको पहिरोले १० घर पुरीएका थिए। ५० घरहरु पहिरोको उच्च जोखीमा परेका थिए। आज बिहानैदेखि झरी परेपछि ज्योतीनगर–लक्ष्मीनगरमाथिको चुरेबाट फेरी पहिरो झर्न सुरु गरेको हो।