☰ open Loading... 17 May 2024|  

थपिए १३ सय ३० संक्रमित
  | ५ आश्विन २०७८, मंगलवार १८:३३

काठमाडौं, असोज ५ । नेपालमा मंगलबार थप १३ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

१३ हजार ६ सय २२ जनामा गरिएको परीक्षणबाट करिब ९.७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार काठमाडौंमा २ सय ६१ , ललितपुरका ९८ र भक्तपुरका ४३ जना गरी उपत्यकामा ४ सय २ जनामा संक्रमण देखिएको छ ।

उपत्यकापछि झापा, मोरङ्, सुनसरी, चितवन, कास्की र रुपन्देही जिल्लामा बढी संक्रमित भेटिएका छन् । कर्णाली प्रदेशमा भने ६ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ ।

यो अवधिमा थप १८ सय ३० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणवाट थप ५ जनाको मृत्यु भएको छ । देशभर हाल २१ हजार ५ सय २४ जना सक्रिय संक्रमित छन् । तीमध्ये ३ सय ३५ जनाको आइसियू र १ सय ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल प्रदेश १ का झापा ,मोरङ् , सुनसरी, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर, गण्डकी प्रदेशको कास्की र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मात्र जिल्लामा ५ सयमाथि सक्रिय संक्रमित छन् ।