☰ open Loading... 3 May 2024|  

अछाममा पानीमा डुबेर एक बालकको ज्यान गयो
  | १० आश्विन २०७८, आईतवार ०५:०५

 

अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको ज्यान गएको छ । पानीमा डुबेर ढकारी गाउँपालिका–१ डाँडाघरेल बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको ज्यान गएको इलाका प्रहरी कार्यालय ढकारीले जनाएको छ । चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा पानीमा डुबेर बालकको ज्यान गएको ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जानकारी दिनुभयो । स्थानीय अमरे बुढाले भैँसीलाई पानी खुवाउने क्रममा पानीमुनि तैरिएको अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गर्नु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।