☰ open Loading... 3 May 2024|  

थपिए ८३४ संक्रमित
  | ११ आश्विन २०७८, सोमबार ०५:०७

काठमाडौं,  । नेपालमा पछिल्लो २४ घण्टामा ८३४ जना कोरोना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा ८ हजार ५८९ पीसीआर र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको हो ।

यस्तै, थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।

आइतबार १२ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २३२, ललितपुरमा २४ र भक्तपुरमा २३ जना संक्रमित थपिएका हुन् ।

हाल देशभर १९ हजार १४२ सक्रिय संक्रमित रहेका छन् ।