☰ open Loading... 16 November 2024|  

यी पाइलट जसले जाेगाए ७३ यात्रुसहित चालक दलका सदस्यकाे ज्यान
  | ११ आश्विन २०७८, सोमबार १९:३७

विराटनगरमा अवतरण हुन नसकेर काठमाडौंमा फोर्स ल्यान्डिङ गरिएको बुद्ध एयरको जहाज क्याप्टेन आङ गेलु शेर्पाले उडाएका थिए ।

काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा सोमबार आकस्मिक समस्या देखिएको थियो । विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि काठमाडौंतर्फ फर्काइएको थियो ।

जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौ‌ंंमा सुरक्षित अवतरण गराएका थिए । विमानमा तीन बच्चासहित ७३ यात्रु रहेका थिए ।