☰ open Loading... 16 November 2024|  

भैरवी गाउँपालिकामा कर्मचारीको तलव भत्तामा विभेद
  | १३ आश्विन २०७८, बुधबार १८:४०

 

दैलेख, असोज १३ – भैरवी गाउँपालिकामा कार्यरक्त करार कर्मचारीविच तलवभत्तामै विभेद भएको छ । एउटै पदमा करार कर्मचारीविच नै तलवभत्तामा विभेद भएको गुनासो कर्मचारीले गरेका हुन् ।
स्वास्थ्य र कृषि प्राविधिक कर्मचारीहरुमा भत्ता विभेद गरिएको छ । प्रमुख प्रशासकिय अधिकृतको नजिक हुने अन्य कर्मचारीहरुले पनि भत्ता पाएका छन् । पालिकाले ३ जनाको तलव ५ जना कर्मचारी नियुक्त गरेर बाँड्दा कम भएको जनाईएको छ । जनप्रतिनिधिहरुले आफ्ना मान्छे भर्ति गर्ने बहानामा अन्य कर्मचारीको तलव बाँडिएको हो । हाम्रो जस्तो समान पदका अन्य प्राविधिक कर्मचारीलाई अतिरित्त भत्ता पालिकाबाट दिईने तर, आफुलाई नदिएको गुनासो नायव प्राविधिक सहायक केशव शर्माले बताए ।

खरदार बरावर पनि करारका कर्मचारीको तलव छैन् । गाउँपालिकाले तलवमानको न्यूनतम ज्याला समेत समावेश नगरेर करार कर्मचारी भर्ना खुलाएर नियुक्तीपत्र दिएको गुनासो कर्मचारीहरुको छ । बेरोजगार हुनुभन्दा जागिरतिर लागियो तर, कम तलव त थियो अँझ त्यसमा पनि भत्ता वितरणमा विभेद हुँदा झन आफुहरु मर्कामा परेको पिडित कर्मचारी शर्माले बताए ।

करारमा रितपूर्वक गाउँपालिकाले कर्मचारी भर्ना गरेपनि अन्तिममा कम तलवमा कर्मचारीलाई सहमती गराएको एक कर्मचारीले बताए । खरदार सरहका करार कर्मचारीलाई मासिक १६ हजार ५ सय तलवमा पालिकाले श्रमशोषण गरिरहेको छ । पालिकाले तलव कम दिएपनि भत्ता समेत नदिएको गुनासो प्राविधिक कर्मचारी दिपक जैसीले बताए । तलव बढाउनुपर्ने भन्दै पालिकामा अनुरोध गर्दा समेत ब्यवास्ता भएको प्राविधिक कर्मचारीहरु भनाई छ । करार सम्झौता गर्दा उहाँहरुले त्यही तलवमा जागिर खान ईच्छुक भएको तर, भत्ता स्वास्थ्यकर्मी र खटिने कर्मचारीलाई मात्र दिईएको गाउँपालिकाका प्रशासन प्रमुख चेतन लामेछानेले बताए । विचमा कर्मचारी बढी राखेकाले तलव कम भएपनि बढाउने तयारी भईरहेको र कोभिड्को बेला खटिने कर्मचारीलाई मात्र भत्ता दिईएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।