☰ open Loading... 15 September 2025|  

सल्यानमा जिपको ठक्करबाट छहारीमा बसेका पाँच विद्यार्थी घाइते
  | १५ आश्विन २०७८, शुक्रबार १६:४५

 

सल्यान- सल्यानमा डबल क्याप जिपले ठक्कर दिँदा छहारीमा बसेका पाँच विद्यार्थी घाइते भएका छन्। बागचौरदेखि सल्यान खलंगा आउँदै गरेको लु२च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका(२ बाङ्गेसल्लामा शुक्रबार बिहान रूखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठक्‍कर दिएको हो।

ठक्करबाट शारदा नगरपालिका( ६ बरलाका अन्दाजी १८ वर्षीया मीना परियार, सोही ठाउँकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी, १६ वर्षीया सुशीला नेपाली, १८ वर्षीया दीपा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली घाइते भएको जिल्ला प्र्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइतेमध्ये सुशीला, दीपा र सुनिताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। घाइते पाँचै जनाको श्रीनगरस्थित मेट्रो अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको पौडेलले बताए।