☰ open Loading... 23 June 2025|  

लागु औषधसहित तीन जना पक्राउ
  | १९ आश्विन २०७८, मंगलवार ०५:१४

 

सङ्खुवासभा । खाँदबारी नगरपालिका–३ माने भञ्याङबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खाँदबारी–३ का राजेश भगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी–४ का रबी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो।

जाँच गर्ने क्रममा श्रेष्ठको साथबाट एक ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट एक ग्राम ६५ मिलिग्राम अफिम र गुरुङको साथबाट ९४० मिलिग्राम अफिम प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पक्राउ परेकामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि जिप्रका हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।