☰ open Loading... 22 June 2025|  

बाघको आक्रमणबाट १ जना बेपत्ता
  | २६ आश्विन २०७८, मंगलवार ०५:०६

बर्दिया : बर्दियामा पाटेबाघको आक्रमणबाट १ जना बेपत्ता भएका छन्।बर्दियाको गेरुवा गाउँपालिका–४ ढुकुनियामा पाटेबाघले आक्रमण गरी एक व्यक्तिलाई बेपत्ता पारेको हो।

बेपत्ता हुनेमा गेरुवा गाउँपालिका निवासी जनकबहादुर थारु रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। बाघले आक्रमण गरी बेपत्ता पारेका जनकबहादुरलाई निकुञ्जको हात्ती सहितको टोलीले खोजी गरिरहेको छ।

अहिलेसम्म शव फेला नपरेको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम​​कुमार थापाले बताए।बाघले आक्रमण गरेको सूचना पाउनासाथ निकुञ्जको ओखारिया पोस्ट र वञ्जरिया रेन्ज पोस्टका कर्मचारी तथा नेपाली सेनासहितको टोली घटनास्थलतर्फ गएको र खोजीका लागि ४ वटा हात्तीसमेत परिचालन गरिएको उनले बताए।