☰ open Loading... 6 February 2025|  

एमालेको दशौँ महाधिवेशन चितवनमा, बादलको संयोजकत्वमा २१ सदस्यीय व्यवस्थापन कमिटी गठन
  | ५ कार्तिक २०७८, शुक्रबार ०६:१९

 

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठकले यसअघि बुटवलमा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको बैठकले एमालेको दशौँ महाधिवेशन मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको हो ।

महाधिवेशनका लागि एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको नेतृत्वमा २१ सदस्यीय व्यवस्थापन कमिटी समेत गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले हालै सम्पन्न विधान महाधिवेशनको समीक्षा, वडा तथा पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गरेको प्रवक्ता ज्ञवालीले जनाकारी दिए।

बैठकले, अविरल वर्षाका कारण भएको जनधनको क्षति, राहत तथा पुनस्थापना गर्न सरकारलाई आव्हान गरेको प्रवक्ता ज्ञवालीले बताए।