☰ open Loading... 25 January 2025|  

४० वर्षपछि गति लिँदै
  | २४ कार्तिक २०७८, बुधबार १२:१६

निर्माण सम्पन्न भएको ४० बर्षपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रले गति लिन थालेको छ। २०३८ कात्तिक २२ गते स्थापना भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रले अहिले पूर्वाधार विकासमा गति लिएको जनाएको छ। सानो लगानीबाट सुरु भएको औद्योगिक क्षेत्रमा हाल ठूला लगानीका उद्योग स्थापना हुन थालेका छन।
वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा खाद्य पदार्थमा आधारित उद्योग, पानी प्रशोधन, इन्जिनियरिङ वर्कसप, काठजन्य उद्योग, पोल्टी फर्म, ऊर्जासम्बन्धी उद्योग छन। कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले अहिले एक करोड रुपैयाँभन्दा लगानीका उद्योगहरू स्थापना भएको बताउनुभयो। त्यस्तो लगानीका चारवटा उद्योग निर्माणाधीन छन्। कर्णाली कोल्डचेन लजिस्टिक उद्योग २० करोडमा निर्माण हुँदै गरेको उहाँले जानकारी दिनुभयो। सुरक्षा ग्याबिन र पीएन फुड्स एक/एक करोडमा लगानी निर्माण हुँदै छन्। प्लास्टिकजन्य उद्योगसम्बन्धी एमके नेपाल उद्योग २५ लाखमा निर्माणाधीन छ।
पछिल्लो समय सुर्खेत डेरी उद्योग १५ करोड, भवानी छापाखाना ५० लाख र गङ्गामाला काष्ठ तथा फर्निचर उद्योग ३० लाखको लगानीमा सञ्चालनमा आएका छन्। ९० रोपनीको क्षेत्रफल रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा पाँचवटा औद्योगिक भवन छन भने२७ वटा उद्योग छन।