☰ open Loading... 26 November 2024|  

विद्युत् आयोजना निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी
  | २७ कार्तिक २०७८, शनिबार ०५:२६

रुकुम पूर्व -रुकुम पूर्वको सिस्ने गाउँपालिकामा हेलिकप्टरबाट विद्युत् आयोजना निर्माणका लागि सामान ढुवानी गरिएको छ । सडक सुविधा नभएर पैदल मार्गबाट सामान ढुवानी हुन नसक्दा महँगो हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ओसारिएको हो ।बिहिवार गाउँपालिका१ मा निर्माणाधीन अवस्थामा रहेको पाखा ओराली लघु जलविद्युत् आयोजनाको लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ ।

सिस्ने गाउँपालिका(१ ओख्रेनामा गाउँपालिकाको पहलमा ४६ किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छ । आयोजना निर्माणको जिम्मा गोक्यो इन्जिनियरिङ कम्पनी लिमिटेड पाल्पाले लिएको छ । कम्पनीले २०७७ साल फागुनमा सिस्ने २ का दीपक बीसीलाई आयोजना निर्माणको जिम्मा दिएको थियो।

भौगोलिक विकटताका साथै सडक सुविधा नभएको यस ठाउँमा सामान लैजान ल्याइएका पेनिस्टक पाइप, ट्रान्सफर्मर लगायतका अधिकांश सामान रुकुमकोटमा थुप्रिएका थिए।

ती सामग्रीलाई आयोजना स्थलसम्म लैजान अन्य कुनै माध्यम नभएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको आयोजना निर्माणको जिम्मा पाएका बीसीले बताए । उनकान अनुसार रुकुमकोटमा रहेका पेनिस्टकपाइप, ट्रान्सफर्मर, ई।एल।सी। प्यानल, जेनेरेटर, टर्वाइन, बेसफ्रेस, एक्पान्स ज्वाइन्ट, ज्वानड्रफ्ट्यूब टर्वाइन र भल्भ लगायतका सामाग्रीहरु हेलिकप्टरमार्फत आयोजना स्थलसम्म पुर्याइएको छ ।

 

आयोजना निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले १ करोड र सिस्ने गाउँपालिकाले १ करोड २० लाख गरी २ करोड २० लाख रुपैयाँ छुट्याइएको छ । जसमा १ करोड २० लाख खर्च भएको छ, भने १ करोड खर्च हुन नसकेको सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताए।अहिलेसम्म आयोजनाको नहर बनाउने, केही ठाउँमा पोल गाड्ने लगायतका कामहरु सम्पन्न गरिएको छ । गएको आर्थिक वर्ष ०७७र०७८ मा विद्युत् आयोजना निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोरोना भाइरसको महामारीका कारण काम प्रभावित भएको थियो ।