कर्णाली प्रदेश सरकार गठन भएको दुई साता पुगिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। मुख्यमन्त्री जीवनबहादुर शाही नियुक्त भएको दुई साता भइसक्दासम्म पनि शाहीले थप मन्त्री नियुक्त गर्न सक्नुभएको छैन।
तिनदलको सत्तारुढ गठबन्धनबीच कुरा मिल्न सक्दा मन्त्रिपरिषद् विस्तारको हुन सकेको छैन।नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी बन्ने सहमती भएपनि अहिले सम्म टुङगो लाग्न सकेको छैन।
मन्त्रालयको भागबन्डा मिलाउन तीनवटै दलबीच यतिबेला रस्साकस्सी चलेको हो। संसद्मा दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले चार मन्त्री दाबी गरेको छ भने समाजवादीले तीन वटै मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। कांग्रेस पनि मुख्यमन्त्रीसहित दुई मन्त्रालय नछोड्ने दाउमा देखिएपछि अहिले सम्म मन्त्रीपरिषदले पुर्णता पाउन सकेको छैन।
कसले कति मन्त्रालय लिने र कुन मन्त्रालय कसलाई दिने भन्नेमा सहमति नजुट्दा सरकार गठनको विषय पेचिलो बन्दै गएको छ। सत्ता साझेदार दलबीचको सहमति महेन्द्रबहादुर शाहीले गत कार्तिक १५ गते राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्री नियुक्ती भएका हुनुभएको हो। मन्त्रिपरिषद् विस्तारका लागि तीनै दलका मुख्य नेताहरूमा सहमति जुटेपछि मात्र आ–आफ्नो पार्टीमा छलफल चलाइने नेताहरूले बताएका छन।
यसैबीच कांग्रेसका प्रमुख सचेतक हिमबहादुर शाहीले आउदो २ गते भित्र कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो।उहाँले मन्त्रालय भागभन्डामा कुनै समस्या नरहेको भन्दै गठबन्धन दलका शिर्षनेताहरु प्रदेश बाहिर रहेकाले समय लागेको जिकिर गर्नुभयो ।