सुर्खेत ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाल बन्दको आह्वान गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आज (मंगलवार) बन्दको आह्वान गरिएको हो । नेपाल आयल निगमले पट्रोलियम पदार्थमा घाटा रहेको भन्दै यस वर्षमात्र १३ पटक मूल्यवृद्धि गरेको छ ।
हाल पेट्रोलमा १७, डिजेलमा १३ र एलपी ग्याँसमा ६ सय ५७ रुपैँया घाटा भइरँहदाँ मासिक पाँच अर्ब २० कारोड घाटा रहेको नेपाल आयल निगमको दावी छ । नेकपा माओवादी विप्लप समूहका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनद्वारा हस्ताक्षरित विज्ञप्तीमा विभिन्न पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक सङ्घसंस्थालगायत क्षेत्रलाई मूल्यवृद्धिकाविरुद्ध आह्वान गरिएको बन्दलाई सफलपार्नमा सहयोग गर्न अपिल गरिएको छ ।
सरकारको यसप्रकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूणर् नीति तथा कार्यका विरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित बन्दको आह्वान गरिएको विज्ञप्तीमा उल्लेख छ । बन्दले सुर्खेत लगायत देशैभर आंसिक प्रभाव परेको छ ।