☰ open Loading... 23 November 2024|  

सुर्खेतका ८ स्थानीय तहमा काँग्रेस संस्थापन पक्षकै बर्चश्व
  | ३ मंसिर २०७८, शुक्रबार १५:४३

सुर्खेत ।कर्णालीकाे राजधानी सुर्खेतका ९ मध्ये ८ स्थानीय तहमा संस्थापन पक्षकै बर्चश्वले कायम गरेकाे छ । नेपाली काँग्रेसको अासन्न १४ औं महाधिवेशन अन्तरगत सुर्खेतका नाै वटै पालिकाको नतिजा आएको छ । नतिजा आएका ८ वटा पालिकामा संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा अर्थात् महामन्त्री पूर्णबहादुर खड्काको प्यानल नै नेतृत्वमा विजयी भएको हो । तर रामचन्द्र पौडेल अर्थात् हृदयराम थानीको प्यानले एक पालिकाको नतिजा मात्र हात पारेकाे छ ।

सुर्खेतका नौं वटा स्थानीय तहमध्य सिम्ता, बराहताल चाैकुने र चिंगाड गाउँपालिका तथा वीरेन्द्रनगर, गुर्भाकोट, भेरीगंगा र लेकवेशी नगरपालिकामा खड्का पक्षको प्यानल नै विजयी भएको हो । सार्वजनिक मत परिणाम अनुसार गुर्भाकोटमा हस्त पुन विजयी भएका छन् । यो पालिकामा थानी पक्षकाले उम्मेदवारी नै दिएनन् । उपसभापतिमा लालबहादुर पुन, मधु गुरुङ, सचिवमा बासुदेव शर्मा, प्रेमप्रकाश वली र सहसचिवमा रुपक पौडेल, पुष्पा नेपाली विजयी भएका छन् । उनीहरु पौडेल समुहका हुन् । यस्तै, लेकवेशी नगरपालिकाको सभापतिमा उमेश पौडेल विजयी भएका छन् । सर्वसम्मत भएको नेतृत्वमा सबै कार्यसमिति नै खड्का पक्षको हो ।

चिंगाड गाउँपालिकाको सभापतिमा डोरप्रसाद शर्मा विजयी भएका छन् । उनले पौडेल समूहका करसिंह रानालाई हराउँदै सभापतिमा विजयी भएका हुन् । शर्माले ६४ मत ल्याउँदा थानी समूहका रानाले ३५ मत प्राप्त गरे । भेरीगंगा नगरपालिकाको नगर सभापतिमा रामबहादुर सिंह विजयी भएका छन् । उनले १९४ मत ल्याएका छन् । थानी समुहका किरणकुमार भाट क्षतीले २२ मत ल्याए । भेरीगंगाको कार्यसमितिमा भने देउबा समूहको प्यानल नै विजयी भएको हो । उपसभापतिमा रेशमबहादुर पुन मगर, प्रतिक्षा विक, सचिवमा लालसिंह बुढाक्षत्री र हिरालाल खत्री, सहसचिवमा टिकाराम वली र धर्मराज खड्का विजयी भएका छन् । यता, बराहताल गाउँपालिकाको सभापतिमा भिमबहादुर भण्डारी विजयी भएका छन् । उनले पौडेल समुहका भुवनसिंह सिंजापतिलाई हराएका हुन् । भण्डारीले १० मत ल्याउँदा सिंजापतिले ५० मत मात्रै ल्याए ।