☰ open Loading... 18 May 2024|  

ट्रोलियम पदार्थको मूल्यवृद्धि र एमसिसी सम्झौताको नेमकिपाद्धारा बिरोध
  | ४ मंसिर २०७८, शनिबार ०९:४८

दैलेख । पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धि तथा एमसिसी सम्झौताकोे विरोधमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले  दैलेखमा र्याली सहितको बिरोध कार्यक्रम गरेको छ ।

सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि र एमसिसी सम्झौता तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै नेमकिपाले सदरमुकाममा रु्याली, जुलुस सहित बिरोध कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला अध्यक्ष जग्य बहादूर शाहीले एमसिसी राष्ट्रघाती भएको र यसको जनस्तरबाटै व्यापक बिरोध भैरहेकाले एमसिसी तत्काल खारेजीको माग गरे ।

उहाले सरकार नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाउँदै सरकारले जनताको पसिना लुटेर स्वार्थपूर्तिका लागि काम गरेको र सत्ता टिकाउन केन्द्रित भएको आरोप समेत लगाए ।

यस्तै नेमकिपाका केन्द्रीय सदस्य नर्मा गूरुङले देशका ७१ वटै ठाउहरुमा भारतले सिमा मिचेको हुनाले नेपाल मजुदुर किसान पार्टीले यसको व्यापक बिरोध गर्दै आईरहेको जानकारी दिए ।

यस्तै जिल्ला सदस्य निरक बहादुर शाहीले लिपुलेक र कालापानी, लिम्पीयाधुरामा बर्तमान सरकारले जनगणना गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धिको व्यापक बिरोध गर्दै स्थानीय तहहरुमा भैरहेको भष्ट्रचारको अन्त्य गर्नुपर्ने बताए ।