☰ open Loading... 4 December 2024|  

मह उत्पादन घट्यो
  | ६ मंसिर २०७८, सोमबार ०७:१३

जाजरकोट । नलगाड नगरपालिका १, कलपतका हरीबहादुर बुढाले गत बर्ष तीन सय ५० धार्नी मह विक्रीबाट ४ लाख ५० हजार आम्दानी गरे। यस बर्ष ५० धार्नी पनि मह उत्पादन नभएपछि उनी अहिले निराशभउका छन् ।

त्यस्तै, सोही ठाउँका हरीबहादुर पुनको ६० घार मौरीले यो बर्ष १० धार्नी मह पनि लगाएन । पुनले व्यवसायीक रुपमा मौरी पालन गर्दै आउनुभएको छ । तर आम्दानी घटेपछि उहाँ अहिले निराश हुनुहुन्छ । बुढा र पुन केही प्रतिनिधि उदाहरण मात्र हुन । जिल्लाका ३ सय ५० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रुपमा मौरी पालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउँछन् ।

गत असोज कात्तिक महिनाका बढी वर्षाले चिउरी फुलको रस र अन्य फुलको रस बगाउँदा मौरीलाई जिल्ला भर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताए ।