☰ open Loading... 26 April 2024|  

बाल विवाहसम्बन्धी कसुरमा २ जना पक्राउ
  | ९ मंसिर २०७८, बिहीबार ०५:२१

दैलेख– बाल विवाहसम्बन्धी कसुरमा दैलेखमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको डुंगेश्वर गाउँपालिका–५ बस्ने विक्रम नेपाली र बालिका रहेका दैलेख प्रहरीले जनाएको छ ।किशोरीको नाम र ठेगाना गोप्य राखिएको छ ।

बालिकालाई ललाई फकाई प्रलोभनमा पारी विवाह गरी घरमा राखेको भन्ने सूचनाका आधारमा  प्रहरीले उनीहरूलाई पक्राउ गरेको दैलेखका प्रहरी नायक उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद शाहले बताए ।दुबैजनालाई जिल्ला अदालत दैलेखले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले यो विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।