☰ open Loading... 25 February 2025|  

मानव बेचबिखन मुद्दाका आरोपित कारागार चलान
  | ९ मंसिर २०७८, बिहीबार १९:४१

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पीडितले दिएको जाहेरीका आधारमा प्रतिबादी शोभाकुमारी बोहरालाई जिल्ला कारागार दैलेखमा थुनामा राखिएको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान कार्य सकिएपछि सरकारी वकिल कार्यालय दैलेख मार्फत जिल्ला अदालत दैलेखमा पेश गरि मंगलबार थुनछेक बहसपछि पुर्पक्षका लागि बोहरालाई कारागार चलान गरिएको हो।

२०७८ कात्तिक १२ गते पीडितले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएका थिए। रार्कम कर्णालीमा होटल व्यवसायी गर्ने ती बोहरा कामदारलाई बेचबिखन गरेको देखिएको थियो। बेचबिखनमा परेकी ती युवतीले आफूलाई झापाबाट काठमाडौं हुँदै दैलेखसम्म काम गराउने भनेर बेचबिखन तथा ओसारपसार गरेको भन्दै मुद्दा दर्ता गरेकी थिइन्।दैलेख प्रहरीले अनुसन्धान गरि अघि बढाएको थियो।