☰ open Loading... 19 November 2024|  

दैलेखमा दुईदिने नि:शुल्क स्वास्थ्य शिविर
  | १६ मंसिर २०७८, बिहीबार १५:४३

दैलेख -स्वास्थ्य सेवा कार्यालय दैलेखमा दुईदिने नि शुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । यही मंसिर १७ र १८ गते नेपालगंजका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य परिक्षण साथै आवश्यक औषधी समेत नि : शुल्क वितरण गरिने बताईएको छ ।

शिविरमा छाती , मुटु , पेट , कलेजो , सुगर , प्रेशर , किडनी तथा पिसाब , दम , मिर्गी , मानसिक तथा यौन , आँखा , दाँत , नाक कान घाँटी , महिला तथा प्रसुती , छाला , प्लास्टीक सर्जरी , बालरोग लगायतका विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने छ ।शिविर नारायण नगरपालिकाको आयोजना, गेश्चर अफ काइन्डनेसको सहकार्य र एनएमबी बैंक दैलेख शाखाको सहयोगमा हुन लागेको हो ।