☰ open Loading... 17 November 2025|  

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  | २० मंसिर २०७८, सोमबार ०५:२४

यामराज विष्ट
दैलेख -२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।जबरजस्ती करणी गरेको अभियोगमा नारायण नगरपालिका -६ बस्दै आएका २१ वर्षीय राहुल सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायक उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साहले बताए।

जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।पक्राउ परेका ती युवालाई करणी सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७दिनको म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी साहले बताए ।