☰ open Loading... 29 November 2024|  

वडा अध्यक्ष र सदस्यको बदमासी:किर्ते हस्ताक्षर गरि लाखौँ हिनामिना
  | २१ मंसिर २०७८, मंगलवार ११:०७

वडा अध्यक्ष भुसाल र सदस्य पाण्डे

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बिष्णु प्रसाद भुसाल र वडा सदस्य लिल बहादुर पाण्डेले पदको गम्भिर दुरुपयोग गरि राज्यको सम्पति दुरुपयोग गरेको रहस्य खुलेको छ । वडा नम्बर दुइमा रहेको सामुदायिक स्वास्थ्य इकाई केन्द्रको करिब ६ लाख रकम वडा अध्यक्षको अगुवाईमा चेकमा किर्ते हस्ताक्षेर गरि हिनामिना गरेको कुरा बाहिर आएको छ । वडा अध्यक्ष बिष्णु प्रसाद भुसाल (विनोद) र वडा सदस्य लिल बहादुर पाण्डेले मरेङ् सामुदायिक स्वास्थ्य इकाई अमिले गहतेरामा रहेको संस्थाको राष्ट्रिय बाणिज्य बैंक शाखा सन्धिखर्क शाखाको हिसाब नम्बर ३०५०००४६६९०१ खाताबाट पटक पटक गरि ६ लाख निकासा गरेका हुन ।

बैँक विवरण

वडा अध्यक्ष बिष्णु भुसाल (विनोद) स्वास्थ्य इन्चार्ज मदन आर्चाय र तत्कालिन इकाई प्रमुख लक्ष्मी अर्याल सहित तीन जनाको नाममा रहेको बैक खाता बाट मदन आर्चाय लगाएतको किर्ते गरि रकम हिनामिना गरेको खुलेको हो । यस्तो गतिबिधी २०७४ साल बाट हुदै आएको खुलेको छ । केही वर्ष अगाडि बाट रकम हिनामिना गर्दै आएको भएपनि याे रहस्य गत साउनमा मात्रै खुलेको थियोे ।रकम हिनामिना गर्ने उद्देश्यले विष्णु प्रसाद भुसाल विनोद को नाममा दुईलाख पचास हजार,लिल बहादुर पाण्डेको नाममा एकलाख नब्बे हजार र तत्कालिन कार्यालय प्रमुख लक्ष्मी अर्यालको नाममा दुइलाख गरि जम्मा छ लाख चालिस हजार रुपैयाँ बिना शिर्षकमा निकालेर हिनामिना गरेको भेटिएको हाे ।

छानविन समितिको निर्णय

यो घटना बाहिरीएपछि गत साउन २६ मा बसन्त अधिकारीको संयोजकत्वमा प्रेम बहादुर पछाई र शिवलाल कुँवर सहितको तीन सदस्यीय छानविन समिति गठन भएको थियो । छानविन समितिले उक्त कार्य गलत भएको पुष्टि गर्दै सम्बन्धितहरुलाई रकम दाखिला गर्न अनुरोध गरेको थियो । रकम हिनामिना भएको रहेछ अहिले सबै रकम बैँकमा दाखिला भइसक्यो एकजना छानविन समितिका सदस्यले जानकारी दिए । यस विषयमा थप बुझन खोज्दा वडा अध्यक्ष भुसालले आफु व्यस्त भएको बताए । तत्कालिन नेकपा बाट निर्वाचित वडा अध्यक्ष अहिले एमालेमा छन । अहिले सबै रकम दाखिला गरिएको छ ,पहिला खातामा पैसा अपुग थियोे ,स्वास्थ्य इन्र्चाज मदनले भनेको स्रोतको दावी रहेको छ । उक्त वडामा अनियमितता र भ्रष्टाचारका अनेकौं विषयहरु भएपनि सराेकारवाला निकायहरु चुपचाप छन् ।

फोटा फेरेर सामाजिक सुरक्षा भत्ता आफन्तलाई…………

फोटा फेरबदल गरेका कागजात

यस्तै उक्त वडामा भएको अर्को गैरकानुनी बदमासी कार्य पनि फेला परेको छ । सामाजिक सुरक्षा भत्ता पाउदै गरेको ब्यक्तिको फोटा परिवर्तण गरि आफन्तलाई भत्ता खुवाएको गम्भीर गैरकानुनी काम खुलेको छ । साथै पदको दुरुपयोग गर्दै किर्ते कागजात तयार पारी एउटाको परिचय पत्रमा रहेको फोटो फेरेर जन्म मिति केरमेट गराई आफन्तलाई सामाजिक सुरक्षा भत्ता समेत खुवाउने गरेको गैरकानुनी काम बाहिर आएको हो । विधवा भत्ता खादै खाएकी तुलसा कुँवरको फोटा फेरेर जेष्ठ नागरिक भत्ता खुवाउदै आएको रहस्य खुलेको हाे ।

एउटै नामका दुईजना महिलाले वडा बाट सामाजिक सुरक्षा भत्ता लिदै आएकोमा जेष्ठ नागरिक भत्ता विदवा भत्ता भन्दा बढि आउने भएपछि वडा अध्यक्ष र सदस्य पाण्डेले आफन्त तुलसालाई फोटा फेरेर जेष्ठ नागरिक भत्ता खुवाउदै आएको बुझिएको छ । २००६ सालमा जन्मिएकी तुलसा कुँवर क्षेत्रीको ठाँउमा २०१३ सालमा जन्मिएकी तुलसा कुँवरको फोटा राखेर वडाले जेष्ठ नागरिक भत्ता खुवाउने गरेको छ ।