☰ open Loading... 15 September 2025|  

भ्रष्टाचार रोकथामका लागी सबै पक्ष जिम्मेवार बन्नुपर्ने जोड
  | २३ मंसिर २०७८, बिहीबार १९:४०

दैलेख ।भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस दैलेखमा पनि एक कार्यक्रम गरि मनाईएको छ । भ्रष्टाचार बिरुद्धको अभियान, हाम्रो अधिकार ’हाम्रो भुमिका भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा दैलेखमा एक कार्याक्रम बिच मनाइएको हो। भ्रष्टाचार रोकथामका लागी सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा आयोजित कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्।

 

पछिल्यो समयमा दैलेख जिल्लामा भ्रष्टाचार बढ्दै गएको बिभिन्न तथ्यांक सार्वजनिक भैरहेको बेला भ्रष्टाचार रोकथामका लागी सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले जोड दिएका छन ।

यस्तै कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले भ्रष्टाचार नगर्ने प्रतिबद्धता ब्यवहारमा लागु गर्नुपर्ने बताए। राजनितिक, सामाजिक, आर्थिक र नैतिक कारणले गर्दा मान्छेहरु भ्रष्टाचार गर्ने गरेको बताउदैँ उनले यसको रोकथामको लागी सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ दैलेखको समन्वय र सहजिकरण सहयोग सुन्दर नेपाल संस्था दैलेखले गरेको थियो भने  जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजनामा कार्यक्रम  सञ्चालन गरिएको थियो । कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।