☰ open Loading... 5 February 2025|  

चन्दननाथकी मेयर सेजुवाल केन्द्रीय सदस्यको उम्मेद्वार
  | २६ मंसिर २०७८, आईतवार ०६:४८

जुम्ला। चन्दनाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवाल कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने भएकी छन्।

सेजुवालले खस आर्य महिला मा केन्द्रिय सदस्यका लागि उम्मेद्वारी दर्ता गर्ने सामाजिक सञ्जालमा बताएकी छन्। संस्थापन समूहको महिला सदस्यमा उम्मेद्वारी दिएकी सेजुवालले सामाजिक संजालमा लेखेकी छिन्, ‘देशभरीबाट महाधिवेशनमा पाल्नुहुने प्रतिनिधिहरुले अमुल्य मत दिएर मलाई विजयी गराउन अनुरोध गर्दछु।’

दुईवटा विषयमा स्नातकोत्तर उत्तिर्ण गरेकी सेजुवाल कर्णालीको पहिलो महिला प्राध्यापक तथा पहिलो महिला मेयर पनि हुन्। बौद्धिक र जनताको सेवामा लगाव राख्ने जनताको दुःखमा साथ दिने सेजुवाल चन्दनाथ नगरपालिका जुम्लामा सबैको रोजाईमा पर्ने नगरपालिकाका एक कर्मचारीले बताए।

सेजुवाल २०४२ सालमा नेविसंघ जुम्लाको सदस्य हुँदै २०४८ सालमा नेपाल शिक्षक संघ जुम्लाको सदस्य हुँदै नेपाली काँग्रेसको १४औं महाधिवेशन प्रतिनिधिमा जुम्ला अधिवेशनमा लोकप्रिय मत ल्याएर विजयी भएकी थिईन्।