☰ open Loading... 3 May 2024|  

धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयको सहमति
  | २९ मंसिर २०७८, बुधबार १७:५३

 

गणेश रावत, जुम्ला– कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा केहि समय देखि पानिको अभाब हुदै आएको छ । पछिल्लो समय जनसख्या बढ्दै जादा पानिको अभाब भएको हो । जनसख्या बढ्दो र बनविनास हुदै जादा पनिको मुहान सुक्दै जान थालेका छन् । जुम्ला सदरमुकाममा पनि नयाँ घर बनाउँने को सख्या बढ्दै गएको छ । बनविनासले मुहान सुक्दै जानथालेका छन् । यता जनसख्या बढ्दै छ । पानिको अभाब हटाउँन अहिले जुम्लामा सबैभन्दा ठूलो धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ । धौलीगाड खानेपानी आयोजना निर्माण लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ रहेको छ । यसले अब जुम्लाको पानिको अभाब हट्ने नारिकले आशा गरेका छन् । बिहान र बेलुका समय जाग्राम बस्नु पर्न बाध्यता छ ।

धौलीगाड बृहत् खानेपानी आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पूरा गरी खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रीस्तरीय निर्णय भएको अर्थ मन्त्रालयको जारी पत्रमा उल्लेख छ । आयोजना बनेपछि जुम्ला सदरमुकाममा खानेपानी अभाव भइरहेको समय चन्दननाथ, गुठीचौर र तातोपानी गाउँपालिका गरी ३ वटा स्थानीय तहका ९ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुनेछन् ।

आयोजनाको १ प्रतिशत श्रमदानका लागि लाभान्वित स्थानीय ३ वटै तहले १ करोड ४६ लाख रुपैयाँ बैंकमा अग्रिम जम्मा गरेपछि आयोजना सफल भएको छ । चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानी गाउँपालिकाले ५० लाख र गुठीचौर गाउँपालिकाले ४६ लाख बजेट बैंक धरौटी राखेका छन् । यसैगरी ३ वटै स्थानीय सरकारले त्रिपक्षीय सम्झौता गरेर स्थानीय स्तरमा आवश्यक अपनत्व लिएका छन् । यो आयोजना ०६६ मा सुरु भएको थियो । स्थानीय राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समिति हुँदै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको नेतृत्वमा चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सेजुवाल, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीसहितको तदर्थ समिति क्रियाशील छ । आयोजना करिब ४ हजार मिटर उचाइमा रहेको र हिउँ जम्ने स्थानमा मूल भएकाले सुरक्षित ल्याउन आधुनिक प्रविधिका सामग्री प्रयोग गरिने भएको छ । जुम्लाको मुटु मानिने सदरमुकाम मा गाउँबाट पढ्न आएका बिधार्थिले समेत सास्ति खेप्नु परेको छ । पढ्ने लेख्ने भन्दा पानिको चिन्ता हुनेगरेको विधार्थी बिकाश रावतले बताए । अब धौलीगाड बृहत् खानेपानी आयोजनाको अपक्षे गरेको जानकारी दिए ।