गणेश रावत,
जुम्ला ः सिटिजन्स बैंक जुम्लाको वाथरूममा वेहोस भएकी नर्सको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा मृत्यू भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यरत स्टाफनर्स अनुपमा श्रेष्ठको अस्पतालमा निधन भएको हो ।कोहरपुर उपमहानगरपालिका बाँकेकी २६ बर्षीय कर्णाली प्रतिष्ठानमा कार्यरत श्रेष्ठको निधन भएको सुचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीका बताए । हिजो दिउसो वाथरूममा वेहोस भएको अवस्थामा श्रेष्ठ भेटिएकी हुन् ।
उनको उपचारको लागि कर्णाली प्रतिष्ठानमा लिईएको थियो । घटनाको अनुसन्धान थप भईरहेको र आफन्त समेत जुम्ला आई पुगेका प्रहरीले जनाएको छ ।उनको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको निधन भएको जनाईएको छ । कर्णाली प्रतिष्ठानका प्रवक्ता तथा डीन डाक्टर रमेश भट्टटराईले वेहोस अवस्थामा ल्याईएको र पछि मुटुको धडकन फिर्ता आएको थियो ।
यता सिटिजन्स बैंकका म्यानेजर महेश शाहीले अनुपमा श्रेष्ठ साथीको बहिनी भएको र लामो समयदेखि चिनजान भएकोले बाथरुपमा नुहाउन आएको प्रतिक्रिया दिएका छन्। बेहोस भएर ढलेपछि बाथरुमको ढोका फोडेर अस्पताल लगिएको उनले बताए। ‘हामी अफिसमै भएको समयमा घटना भएको थियो। बैंकमा गार्ड, सेवाग्राही र कर्मचारी पनि थियौँ,’ उनले भने।घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।