☰ open Loading... 26 April 2024|  

नमस्तेको टावर सिलान्यास
  | ४ पुष २०७८, आईतवार १८:१५

गणेश रावत,जुम्ला-जुम्लाको तिला गाउँपालिका – ९ ढिपुमा नमस्तेको टावर गाउँपालिका अध्यक्ष रतन नाथ यागीले सिलान्यास गरेका छन् । । पुस्तै देखि सुचानाको पहुज बाट बन्चित भएका तिला बासिले अब सहजै फोन गर्न पाउँने भएका छन् । पहिला फोन गर्न डाँडाकाडा धाउँनु पर्न बाध्यता हट्ने अध्यक्ष योगीले बताए । नेपाल टेलिकम र तिला गाउँपालिकाको मातहतमा काम सुरु भएको छ ।

कर्णाली प्रदेशको भौगोलिक हिसाबले बिकट छ । यहाँ पर्न तिलाका ढिपु ,रासा ,मालापानी ,खोप्री , भेरीखोला ,सुडि ,रिपी , जुम्लाकोट झनै बिकट बस्ति हुन । यो नमस्तेको टावर ले अब सहजै यी बस्तिलाई सेवा सुबिधा दिने भएको छ । जहाँ फोन गर्न घण्टै हिड्नु पर्न बाध्यता हट्ने भएको प्रगतिशिल युवा कलबका अध्यक्ष प्रेम बहादुर रावतले जानकारी दिए ।

उहाँका अनुसार आफ्नो बाहु बाजे देखि सुचानाको पहुजबाट टाढा रहेका बस्ति अब सहजै फोन गर्न पाउँने हुदा खुशि भएको बताए । ढिपुको डाँडामा टावरको काम सुरु भैईरहेको बताए । यो तिला बासिको लागि र्गवको कुरो हो ।