यामराज बिष्ट दैलेख- नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्काले ‘शिक्षक, विद्यार्थी,अभिभावक र स्थानिय सरकार मिलेर मात्रै शैक्षिक गुणस्तर बृद्धि गर्न सकिने बताएका छन्।नारायण नगरपालिका-११ जुफियास्थित बडाभैरब आधारभूतको सामाजिक लेखा परिक्षण तथा अभिभावक भेलालाई सम्बोधन गर्दै खड्काले सो कुरा बताएका हुन । विद्यालयको सम्पुर्ण विकासको लागि नगरसरकारको तर्फबाट हुने हरेक किसिमको सहयोग गर्ने नगर प्रमुख खड्काले बताए ।खड्काले भने’ नगरसरकाले शिक्षा क्षेत्रमा सुधार तथा गुणस्तारिया शिक्षा सुधारको लागी थुप्रै काम गरिसकेको र गत बर्षको तुलनामा विद्यालयका संरचनामा धेरै सुधार भएको उनले बताए ।
यस्तै कार्यक्रममा बोल्दै नारायण नगरपालिका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहाले शिक्षा क्षेत्रलाई सुधार गर्नको लागि अझै धेरै काम गर्नु पर्ने बताए । नमुना विद्यालय बनाउनको लागि सबै संग हाते मालो गरेर बढ्न आग्रह गर्नु भयोगरेका छन्।शिक्षाको गुणस्तर सुधार्न अभिभावक, विद्यार्थी, शिक्षकलगायतको चासो र चिन्तन आवश्यक रहेको रैनादेविका माध्यमिक विद्यालयका प्रधानाध्याप सन्त बहादुर खड्काले जोड दिए ।
हालसम्म विद्यालयले गरेका गतिविधि र आगामी दिनमा विद्यालयले गर्ने कार्यका विषयमा सामाजिक लेखा परिक्षण तथा अभिभावक भेला गरिएको विद्यालयका प्रधानाध्यापक मनसरा थापाले बताइन् ।
विद्यालयमा सुशासन कार्य गर्न, सरोकारवालाको विद्यालय प्रति अपनत्वको विकास गर्न, विद्यालय शासनका उत्तरदायित्व अभिवृद्धि गर्न, विद्यालयको समग्र गतिविधिको समिक्षात्मक लेखा जोखा गर्न र विद्यालयको भावि कार्यदिशा पहिचान गर्नका लागि सामाजिक लेखा परिक्षण गरिएको प्रधानाध्यापक थापाले बताइन् ।
यसैगरि बैठकमा आगामी दिनमा विद्यालयलाई अगाडी बढाउनको लागि सल्लाह सुझावहरु आएको र त्यसलाई विद्यालयले सुझाब सल्लाहलाई पालन गरेर कार्यान्वयन गर्ने उनको भनाई छ।विद्यालयको शैक्षिक, भौतिक, आर्थिकको बारेका प्रकाश पार्दै आर्थिक वर्ष २०७७÷०७८ को६९लाख१९हजार३८रुपैया बराबरको आय तथा ६९लाख १९हजार२८ रुपैया रुपैयाको व्याय सार्वजनिकि गरिएको प्रधानाध्यापक थापाको भनाई छ ।