☰ open Loading... 5 February 2025|  

कर्णाली प्रदेशसभा अधिवेशन आह्वान
  | २५ पुष २०७८, आईतवार ०५:३३

कर्णाली। कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेशसभा बैठक पुस २८ गते बुधवार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि गत मङ्सिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो ।