☰ open Loading... 5 February 2025|  

सुर्खेत महिला जेसीजमा कौशल चयन
  | २५ पुष २०७८, आईतवार ०५:४३

सुर्खेत महिला जेसीजको सन् २०२२ का लागि अध्यक्षमा मनिषा कौशल चयन भएकी छन्। महिलाको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापित सुर्खेत महिला जेसीजको ११ औं साधारणसभाबाट कौशल अध्यक्षमा चयन भएकी हुन्। यस्तै २०२२ का लागि कार्यकारिणी उपाध्यक्षमा सीता भण्डारी र कमला बस्याल, उपाध्यक्षमा प्रमिला थापा, सगुन पोखरेल, विन्दू पुरी र यशोदा खत्री चयन भएका छन् भने महासचिवमा मिना गुरुङ र कोषाध्यक्षमा रञ्जना बुढा चयन भएका छन्।

निर्वाचित टीमलाई शनिबार पद हस्तान्तरण तथा पदस्थापना कार्यक्रम गरिएको थियो। कार्यक्रममा सुर्खेत महिला जेसीजका संस्थापक महासचिव एवम् वर्ष २०१३ का अध्यक्ष ज्योति पौडेलले महिलाको नेतृत्व तथा व्यक्तिको विकासका लागि जेसीज अभियानले महत्वपूर्ण भूमिका खेलेको बताइन्। उनले जेसीज अभियानलाई गाउँगाउँसम्म पुर्‍याइनुपर्ने आवश्यकता पनि औल्याइन्।