☰ open Loading... 17 May 2024|  

थप ११ सय ६७ जनामा कोरोना संक्रमण
  | २६ पुष २०७८, सोमबार ०५:१५

 

 

काठमाडौं, । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ पीसीआर तथा ३ हजार ७८४ एन्टिजेन परीक्षण गर्दा ११ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनबाट मृत्यु हुनेको संख्या ११ हजार ६०४ पुगेको छ ।यस्तै, २२४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ७५५ सक्रिय संक्रमित छन् ।